‘ॐ’ शब्द एक रहस्यमय ब्रह्माण्डीय ध्वनि, ‘ॐ’ को अर्थ र आध्यात्मिक महत्व

ॐ अर्थात ओम । यसलाई ओमकार वा प्रणव पनि भनिन्छ । यति एउटै शब्द, जले सम्पूर्ण ब्रम्हाड समेटेको छ । ओम धार्मिक होइन, यो हिन्दु धर्म, जैन धर्म, बौद्ध धर्म, सिख धर्म जस्ता केही धर्ममा एक पारम्पारिक प्रतिक र पवित्र ध्वनीको रुपमा प्रकट हुन्छ ।  यो सार्वभौमिक हो । यसमा नै पुरा ब्रम्हाण्ड छ ।

‘ॐ’ध्वनी सबै भन्दा सुस्मत्मध्वनीहरु ‘अ’, ‘उ’ र ‘म’ध्वनीहरुको संयुक्त रुप हो । ‘अ’, ‘उ’ र‘म’सबै ध्वनीहरुका जननी ध्वनी हुन् । ‘अ’, ‘उ’ र ‘म’मध्य कुनै एकको प्रयोग नगरी कुनै ध्वनीको उच्चारण सम्भव नै छैन ।

यि ध्वनीहरु विना कुनै किसिमको ध्वनीको अस्तित्व सम्भव छैन । तर कुरा यतिमा सिमित छैन । समग्र जगत र चराचर मात्राको जननी पनि‘ॐ’ध्वनी नै हो ।

सबै भौतिक वस्तु उर्जाका तरङ्ग नै हुन् भन्ने सन्दर्भमा अध्यातम विज्ञान र आधुनिक विज्ञान सहमत छन् । तर भेद कहाँ छ भने विज्ञानले करेन्टलाई उर्जाको सुस्मत्म रुप मान्दछ तर अध्यात्मले ध्वनीलाई उर्जाको अन्तिम रुप मान्दछ । अनि ध्वनिको सबै भन्दा सानो ईकाइ ‘अ’, ‘उ’ र ‘म’हो । तसर्थ ‘अ’, ‘उ’ र ‘म’ध्वनी सम्पूर्ण जगतको सुस्मत्म रुप हो ।

ओम’ यो शब्द हामी बेलाबखत जप गर्छौ । ओम जप गर्दा के हुन्छ ? मुखबाट ओम आवाज निकाल्दा त्यसले स्थुल शरीर र मनमा कस्तो प्रभाव पार्छ होला ?

पक्कैपनि यो शब्द जप गर्नु कुनै ढोंग मात्र होइन । आडम्बर होइन । यसमा वैज्ञानिक तथ्य पनि छ । धेरैजसो मन्त्रमा यो शब्द समावेश छ । हिन्दु मात्र होइन, वौद्ध, जैन, सिख सबै धर्मसँग यो शब्दको साइनो छ ।

गायत्री मन्त्र- ॐ भूर्भुवः स्वः

माण्डूक उपनिषद्- ॐ यो अमर शब्द नै पुरा दुनिया हो

बौध्य मन्त्र- ॐ मणि पद्ये हूँ

गुरु गन्थ्र- एक ओंकार सतनाम

योग सूत्र- तस्य वाचकः प्रणवः

यी सबै मन्त्र वा श्लोकमा के समानता छ ? समानता हो, ॐ ।

ओमलाई प्रथम ध्वनी मानिन्छ । के भनिन्छ भने ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ओमको गुञ्जन थियो । यसैले ओमलाई ब्रम्हाण्डको आवाज पनि भनिन्छ ।

‘ॐ’ जप किन गर्ने ?

ओम जप गर्दा एक कम्पन उत्पन्न हुन्छ, जसले पुरा शरीरमा एक सौम्य अनुभव प्राप्त हुन्छ । ओमको जपले मनलाई स्थिर र शान्त बनाउँछ । यद्यपी ओमको महत्व र विधी जानेर नै जप गर्नुपर्छ । हामीले यो कुरा जान्नुपर्छ कि ओम ईश्वरको प्रतिक हो, जसले हाीलाई वास्तविक प्रकृतिको नजिक पुर्‍याउँछ । र, आपसी दुरी घटाउँछ ।

‘ॐ’ को अर्थ र महत्व

ओम शब्दको गठन वास्तविकता मनुष्य जातिाको सबैभन्दा महान आविष्कारमा एक हो । ओमलाई सबैभन्दा पहिले उपनिषद -जो वेदान्तसँग जोडिएको लेख हो)मा वणिर्त गरिएको छ । उपनिषदमा ओमको अलग-अलग किसिमले वर्णन गरिउको छ, जस्तो कि, ब्रम्हान्डीय ध्वनि, रहस्यमय शब्द वा दैवीय प्रतिज्ञान ।

संस्कृतमा ओम शब्द तीन अक्षरले बनेको हुन्छ, अ, उ र म । ओमको अर्थ हो सुरुवात, मध्य र अन्त्य । रोचक त के भने, ति सबै ध्वनि चाहे त्यो जतिसुकै अलग होस् वा कुनैपनि भाषामा बोलियोस्, ति सबै यी तीनको सीमाभित्र आउँछ । यति मात्र होइन, सुरुवात, मध्य र अन्त्यको प्तिक यो तनि अक्षर स्वयम् सृष्टिको प्रतिक हो । यसैले सबै भाषामा सबै प्रकारको ध्वनि यस एकल शब्द ओमको उच्चारणमा समाहित हुन्छ ।

ओमको अरु व्याख्या पनि छ ।

अ- तमस (अन्धका, अज्ञान) उ-रजस (उत्साह, गतिशिलता), म-सत्व -शुद्धता, प्रकाश)

अ- ब्रम्हा (निर्माता), उ-विष्णु (परिरक्षक), म -शिव -विध्वंसक)

अ-वर्तमान, उ-भूत, म-भविष्य

अ- जागृत स्थिति, उ-सपना देखेको स्थिति, म-गहिरो निद्राको स्थिति

हिन्दु मान्यतमा‘ॐ’ध्वनीको महत्व

हिन्दु मान्यता अनुसार‘ॐ’ध्वनीब्रम्हा, विष्णु र महेशको संयुक्त रुप हो । अर्थात श्रृष्टि, पालन र संधारको संयुक्त रुप । ‘अ’अर्थात जननी, ‘उ’अर्थात सम्रक्षकर ‘म’अर्थात संधार अथवा रुपान्तरणकर्ता ।

जसरी विज्ञानका सन्दर्भमा प्रयोगशालामा वैज्ञानिक परिक्षणहरु गरिन्छन्,त्यस्तै धर्मका सन्दर्भमा हाम्रो आफ्नै शरिर प्रयोगशाला हो । अनि शरिरमा घटेका भावहरुर अनुभुतीहरु नै सर्बोतम ज्ञान हुन् ।

‘ॐ’ध्वनीलाई किन ब्रम्हा, विष्णु र महेशको संयुक्त रुप भनियो भन्ने सन्दर्भमा पनि हामीले आफैमा परिक्षण गरेर हेर्न सक्दछौं । आँखा चिम्म गरेर ‘ॐ’कार जाप गर्दा अनुभुती गर्न सकिन्छ ‘अ’उच्चारण गर्दा हाम्रो नाभीमा संवेदना महशुश हुन्छ । ‘उ’उच्चारण गर्दा हृदयमा र‘म’उच्चारण गर्दा शीरमा संवेदना महशुश गर्न सकिन्छ ।

नाभी जननीको प्रतिक हो । आमाले बच्चालाई जन्मदिनु भन्दा अगाडि नौ महिना गर्भमा राख्छे जुन नाभीको भित्र पटिको भाग हो । त्यस्तै नवजात शीशु जन्मेको बखत आमासँग नाभीकै कारण जोडेको हुन्छ ।

बच्चाहरु शरिर भित्रको उर्जाको केन्द्र नाभी नै हो । त्यस्तै मानिस जब आफैलाई नै भुलेर मग्न भई निर्विचार अवस्थामा केहि चिजको श्रृजना गर्दछ तब मानिसको शरिर भित्रको समग्र उर्जा नाभिम मै केन्द्रित हुन्छ ।

हिन्दुधर्ममा प्रयोग गरिने मन्त्र ‘ॐ’ बाट किन सुरु हुन्छ अनि ‘स्वाहा’ मै अन्त्य किन?

भगवानको पुजा गर्दा धेरै मन्त्रहरु उच्चारण गरिन्छ। यी सबै मन्त्रको अगाडी पवित्र मानिने ‘ॐ’ लगाइन्छ। वैदिक होस् या पौराणिक सबै मन्त्रमा यस्तै हुनेगरेको पाइन्छ। विभिन्न धर्म ग्रन्थमा यस्तो किन हुन्छ भनि खुलाइएको छ।

ॐ लाइ एकाक्षर ब्रह्म हो भनि विश्वास गरिन्छ, जो यो संसारको सृष्टीकर्ता अनि संहारकर्ता पनि हुन। ॐ नै भगवान हो, ॐ नै शासक हो। गणेशलाइ प्रकृतिको परब्रह्मा पनि भनिन्छ। गणेश नामलाइ ‘गुण को ऐस’ भनि बुझ्न सकिन्छ। सजिलो तरिकाले बुझ्दा गणेश स्वर्गका देवता मात्र हैनन, गुणका देवता पनि हुन। यसकारणले पनि गणेशको प्रतीकको रुपमा ॐ शब्दलाइ लिइन्छ। गणेश सबैभन्दा पहिले पुजिने देवता हुन।

मन्त्रको अगाडी ॐ शब्द उच्चारण गर्दा गणेशलाइ सबैभन्दा पहिले सम्झनु भन्ने बुझिन्छ जसरी सबैभन्दा पहिले गणेशकै पुजा गरिन्छ। ॐ शब्दमा अलौकिक शक्ति रहेको हुन्छ अनि अत्यन्त शुभ मानिन्छ, त्यसैले पनि यसलाइ पहिला उच्चारण गर्ने गरिन्छ।

मन्त्रको अन्त्यमा ‘स्वाहा’ किन हुन्छ?

सृष्टीको सुरुवातमा देवताहरुमा खानेकुराको निकै अभाव भयो। सबै देवता ब्रह्माको अगाडी उपस्थित भए। ब्रह्माले एक उपाय रचे। यज्ञको बेला होमिने वस्तुहरुलाइ प्रयोगमा ल्याएर देवताहरुको खानेकुराको कमी पुर्ति गरिने भयो।

तर ब्राह्मणहरुले होम गर्दा अग्निमा हालेको कुरा अग्नीले जलाउन सक्थ्यो। ब्रह्माले प्रकृतिकी देवीको तपस्या गरे। एक देवी प्रकट भइन अनि ब्रह्मालाइ के चाहियो भनि भनिन। ब्रह्माले देवीलाइ आग्रह गरे की उनी अग्नीसंग मिलेर होममा चढाएका वस्तु जल्नबाट बचाउन।

ब्रह्माले भने, जब मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन्छ तब मात्रा होममा चढाएका वस्तु अग्निले नजलाइ‍ स्वर्गका देवताले पाउँथे। यो संगै ती स्वाहा देवी अग्नीको स्त्री साथी भइ सगै रहन थालिन।

अग्निको शक्ति अनि स्वाहा देवीले आफ्नो वशमा लिइन। अनि मन्त्रको अन्त्यमा ‘स्वाहा’ भनिन थाल्यो कि स्वर्गमा फेरी खानेकुराको संकट नपरोस भनि।

सम्बन्धित शिर्षकहरु