न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा पुन: दीपक खड्का

अस्ट्रेलिया । न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा दीपक खड्कालाई पुन:नियुक्त गरिएको छ ।

नेपाल सरकारको गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पुन: चार वर्षका लागि महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको थियो ।

अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नी अवस्थित न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा उनको यो चौथो नियुक्ति हो ।

दोलखा थातथलो भएको महावाणिज्य दूत खड्काले यसअघि पनि तीन कार्यकाल अर्थात् एघार वर्ष महावाणिज्य दूतका रूपमा कुशल भूमिका निर्वाह गरिसकेका छन्।
महावाणिज्य दूतको कार्यालयले दुई देशबीचको वाणिज्य सम्बन्ध बिस्तार लगायत भिसा र अन्य सिफारिस प्रदान गर्ने गरेको छ।

सम्बन्धित शिर्षकहरु