कोरोना महामारीका बेला यातायात व्यवसायीका माग पुरा गर्न सकिदैन :मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात व्यवसायीका सबै चाहना सरकारले पूरा गर्न नसक्ने बताएका छन ।
आइतबार विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीसँग कुरा गर्दै मन्त्री नेम्वाङले कोरोना महामारिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारिक नहुने बताए ।

उनले भने, “यो अवस्थामा व्यावशायी आँफैले बुझ्नु पर्छ, सरकारको क्षमता छ कि छैन भन्ने कुरामा व्यावशायीहरुले नै बिचार गर्नु पर्ने हो ।”

मन्त्री नेङवाङले विना सर्त सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले देशभर विपत आइपरेको बेलामा विभिना माग तेर्स्याएर जनतालाई यातायातको सुविधा नदिनु उचित नभएको ठहर् गरे ।

सबै क्षेत्रका व्यवशायीलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दिन भन्न नहुने मन्त्री नेम्वाङको भनाइ थियो ।
कोरोना महामारी रोकथामका लागि सरकारले लकडाउन गर्दा दैनिक उपभोग्य सामग्रीको पसल र अस्पतालहरुमात्र खुलेका थिए । लकडाउन खुकुलो पार्दै जाँदा सरकारले असार २३ गते सार्वजनिक यातायात खोल्ने निर्णय गरेको थियो ।

यातायात व्यवसायीहरुले भने यातायात व्यावशायिहरुलाई परेको मर्काप्रती ख्यालाई नराखी एकोहोरो रुपमा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेकामा असन्तुष्टि जनाए ।
व्यवसायीहरुले चालक र सहचालकलाई सुरक्षित नगर्दासम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्रीसहित व्यवसायीका समस्या सम्बोधन गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए ।
उनले सरकारको सहयोग विना सवारी साधन चलाउन सक्ने अवस्था नरहेको भन्दै चालक र सहचालकले बिना सुरक्षा सावधानी सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने बताए ।

सवारी सन्चालनको लागि पुनर्कर्जाको व्यवस्था हुनुपर्ने, कर्जाको पुनर्तालिकीकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका मागहरु सम्बोधन नगरिए यातायात सन्चालन गर्न नसकिने व्यवसायीहरुको अडान रहेको छ ।

सम्बन्धित शिर्षकहरु