संखुवासभामा पनि पहिरो, ११ जना वेपत्ता

संखुवासभा । केही दिनदेखि परिरहेको भारी वर्षाका कारण देशका विभिनन स्थानहरुमा पहिरो जाँदा दर्जनौको मृत्‍यु भइसकेको छ । यसै क्रममा संखुवासभाको सिलिचोङ गाउँपालिकामा पनि गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।

घटनास्थल सिलिचोङमा पुगेर उद्धारको कार्य सुरु भएको प्रहरीले जनाएको छ ।

संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार अनुसार त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरिएका छन ।

नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्ने भएकोले उद्धार कार्य ढिला सुरु भएको डीएसपी मल्लले जानकारी दिए ।

त्यसै गरी सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु