सहमतीय सरकार बन्छःमहासचिव पोखरेल

Ishwor-Pokhrel-CPNUML-General-Sceyअसोज १६। पोखरा, नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पूर्व सहमतिअनुसार नै प्रधानमन्त्रीले पद त्यागको घोषणा गरेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीद्वारा पद त्यागसँगै नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भएको र सकेसम्म सहमति नभए बहुमतीय आधारमा सरकार बन्ने धारणा राखे ।

मुख्य पार्टीले नै सरकारको नेतृत्व गर्ने बताउँदै महासचिव पोखरेलले एमालेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री लागि प्रस्ताव गर्ने जनाए।

एमालेले दया र मायाका भरमा भन्दा पनि आफ्नो हैसियतले सरकारको नेतृत्व गर्ने बताउँदै उनले एमालेको नेतृत्वमा सरकार नबने संविधान कार्यान्वयनमा कठिनाई हुने तर्क पेस गरे ।

उनले नयाँ संविधानलाई विश्वले नै स्वागत गरिरहेका बेला भारत भने बेखुसी हुनु दुःखद भएको बताए।

सम्बन्धित शिर्षकहरु