असन्तुुष्ट पक्षको माग सम्बोधन गरेपछी कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेशले आउँदाे आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँ बराबरको बजेट
बुधबार बसेको प्रदेश सभामा सर्वसम्मति रुपमा बजेट पारित भएको हो ।

बजेट एकमुष्ट ल्याएको र आधा बजेट मुख्यमन्त्री मातहत भएको भन्दै असन्तुष्ट सांसदहरुको माग सम्बोधन गरेपछी कर्णाली प्रदेशको बजेट पारित गरिएको हो ।

सरकारले प्रदेश सभा सदस्यहरुको मागलाई सम्बोधन गरेपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदले बजेटमा सहमति जनाएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटमाथि असन्तुष्टि जनाउँदै असार १० गते संसद् अवरुद्ध गरेको थियो । त्यसयता चार पटक बैठक नबसेर नै स्थगित भएको थियो ।

का‌ंग्रेसले आफ्ना मागअनुसार बजेट ल्याएकाले समर्थन गरेको जनाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले आफूहरुले माग गरेअनुसार बजेट ल्याएकाले समर्थन गरिएको बताए ।

बजेट असन्तुलन वितरणलाई सन्तुलित गराउने सरकारले प्रतिबद्धता गरेको छ ।

प्रदेश सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे रोकथाम, उपचार, कृषि उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याएको छ ।

सम्बन्धित शिर्षकहरु