उपत्यकामा लकडाउनको अवज्ञा बढेपछि कडा निगरानि

काठमाण्डौ। लकडाउन खुकुलो भएदेखी एता काठमाण्डौका व्यापारी तथा अन्य मानिसहरुले लापरबाहिसाथ हिडडुल तथा कामकाज गरिरहेको देख्न सकिन्छ ।
नत उनीहरुको मुखमा मास्क छ, न त हातमा पन्जा, नत सामाजिक दुरी नै कायम गरेका छन । यसरी कोरोना संक्रमणको बढिरहेको बेला यसरी बटुवादेखि लिएर सवारी साधन चलाउनेहरुले समेत साबधानी अपनाएको नदेखिएपछि प्रहरीले कडा निगरानी गर्न थालेको हो ।

सरकारले मास्क लगाएर मात्र बहिर निस्कने, मोटरसाइकलमा एकजना मात्र चढ्ने,जोरबिजोर नियमलाई पालना गर्ने लगायतका नियम लागु गर्न आदेश दिएकोमा तर ठीक यसको विपरित भएपछि प्रहरीले निगरानी बढाएको हो ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सवारी पासको दुरुपयोग गर्नेहरु हरेक दिन १५ सयदेखि २ हजारसम्म कारबाहीमा परिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

अत्यावश्यक काममा निस्कनेहरुलाई चेकजाँच गरेर छाडिएको छ भने मास्क नलगाई बाटोमा हिंड्नेहरुलाई कारबाही गर्न थालिएको छ । प्रहरीका अनुसार हिजो मंगलवार मात्रै मास्क नलगाई हिँड्ने १२ सय भन्दा धेरै व्यक्तिलाई सम्झाएर छाडिएको छ ।

अबको केही दिन मास्क लगाउन सम्झाईबुझाईको काम गर्ने र अटेरी बढ्दै गए उनीहरुलाई पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।

कसैले मास्क नलगाई हिँडेको छ भने उसलाई सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सकिने प्रहरीको भनाई छ । नियम उल्लंघन गर्नेलाई सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० अनुसार एक महिनासम्म कैद अथवा एक सय रुपैयाँ जरिवानाको सजाय हुन सक्छ ।

नेपालमा मात्रै कोरोना संक्रमितको संख्या १६ हजार नाघिसकेको छ ।

सम्बन्धित शिर्षकहरु