मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा

अस्ट्रेलिया । अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् । यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ ।

लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिने/दिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ ।

भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ । रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन् ।

सम्बन्धित शिर्षकहरु