आज हरिशयनी एकादशी, नगर्नुस् यस्ता काम

काठमाडौं । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ ।

तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । यसलाई हरिशयनी, देवशयनी, विष्णुशयनी, पदमा एवं शयन एकादशीको नामले पनि चिनिन्छ । यस एकादशीको व्रत प्रभावका करण लोक मा भोग र परलोकमा मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । व्रत गर्न नसकेपनि यस

कथालाई अवश्य पढ्ने र सुन्नुपर्ने धर्मशास्त्रमा व्याख्या गरिएको छ । भविष्योत्तर पुराण्मा एकादशीहरुको महिमा वर्णन गरिएको छ । पुराणहरुका अनुसार यस दिनबाट भगवान विष्णु चार महिनाका लागि पाताल लोकमा वलिको द्वारमा बस्ने गर्नुहुन्छ । र कात्र्तिक शुक्ल एकादशीमा फर्कनुहुन्छ । यस दिनबाट भगवान विष्णु चार महिना सागरमा शयन गर्ने भएका कारण यो एकादशीलाई हरिशयनी एकदशी भनिन्छ । धर्मशास्त्रका अनुसार यो चार महिना भगवान विष्णु निन्द्रामा हुने भएका कारण यो समयमा महत्वपूर्ण कार्य गर्न वर्जित गरिएको छ ।

यो समयमा विवाह लगायतका काम गर्न नहुने धर्मशास्त्रमा व्याख्या गरिएको छ । ब्रह्म वैवर्त पुराणका अनुसार हरिशयनी एकादशीको निकै ठूलो महत्वा छ । यो एकादशीमा व्रत वस्नाले सै मनोकामना पूरा हुने छ भने सवै पाप नष्ट भइ भगवान हृषीकेश प्रसन्नु हुनुहुनेछ ।

सम्बन्धित शिर्षकहरु