ओखलढुङ्गामा पनि कोरोना भेटियो

ओखलढुङ्गा । अहिले सम्म कसैलाई पनि भाइरस कोरोना नभेटिएको ओखलढुङ्गामा पहिलो पटक एक जनालाई यसको संक्रमण देखिएको छ ।

जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

भारतको गोरखपुरबाट आएका ती युवकलाई सिधै लिखु गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।

सोमबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये १ जनाको पोजिटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

सम्बन्धित शिर्षकहरु