सेयर बजारको पुँजीकरण ३१ अर्ब ८ करोड घट्यो

काठमाडौं । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

बजार तल झर्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको जानकारी दिएको छ ।

२०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड रहेको बजार पुँजीकरण चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म घटेर १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको हो ।

त्यसैगरी नेप्से परिसूचक पनि यस अवधिमा करिब ५८ अंकले घटेको छ । २०७६ असार मसान्तमा १ हजार २५९ रहेको नेप्से परिसूचक १० २०७७ वैशाख मसान्तमा घटेर १ हजार २०१ दशमलव ५९ अंकमा मा झरेको हो ।

हाल १ हजार २०१ दशमलव ५९ अंकमा रहेको नेप्से परिसूचक २०७६ बैशाख मसान्तमा १ हजार ३१५ दशमलव ५ विन्दु रहेको थियो ।

सम्बन्धित शिर्षकहरु