भक्तपुरमा बाढीले बगाएर ट्रक चालक वेपत्ता

भक्तपुर । भक्तपुरको चुनदेवीमा आएको बाढीले बगाएर एकजना ट्रक चालक बेपत्ता भएका छन् । बुधबार यस क्षेत्रमा परेको भीषण बर्षासँंगै आएको बाढीबाट सूर्यविनायकतिर आउदै गरेको ट्रकका चालक ढलबाट बगेर वेपत्ता भएका हुन् ।

सल्लाघारीबाट सिमेन्ट अनलोड गरी फर्कदै गर्दा ५७ बर्षिया नरबहादुर राउत बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

महानगरीय टाफिक प्रहरी परिसर सल्लाघारी भक्तपुरका प्रमुख टाफिक सुमन न्यौपानेले बेपता राउतको खोजी कार्य जारी रहेको जनाए ।

सर्भिस ट्र्याक नै नदेखिने गरी सडकमा बाढी आइरहँंदा मिनहोल (प्वाल) बाट पानी तल झरिरहेपछि टक डाइभर रावत गाडीको रेखादेख गर्दा गर्दै उनी मिनहोलभित्र पुगेर बगेको अनुमान प्रहरीले गरेको छ ।

सम्बन्धित शिर्षकहरु