निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिकको माग गर्दै फेरि प्रदर्शन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिकको माग गर्दै महेन्द्रनगरमा फेरि प्रदर्शन सुरु भएको छ। स्थानीय महिला अधिकारकर्मीले सोमबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा निर्मलाका आमाबुबा सहभागी थिए।

नेपालीहरुको महान् चाड दशैँलाई मध्यनजर गर्दै केही समयका लागि रोकिएको निर्मलाको न्यायको आन्दोलन फेरि सुरु भएको हो। हत्यारालाई छिटो कानुनी दायरामा ल्याउनु पर्ने माग गर्दै प्रदर्शन सुरु भएको हो। निर्मलाको हत्यारा पत्ता नलागेसम्म दबाबमूलक कार्यक्रम जारी रहने नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताइन्। महेन्द्रनगरको मदनचोकबाट सुरु भएको -यालीले बजार परिक्रमा गरेको थियो।

सम्बन्धित शिर्षकहरु