कोहलपुर । अन्य बिमारको लागि उपचार गराउन आएकी एक महिलामा कोरोना पोजेटिभ देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई शिल गरिएको छ।
भारतबाट फर्केर अछामको एक क्वारिन्टिनमा बसिरहेकी २५ बर्षिया गर्भवतीको आन्द्रामा समस्या भएपछि सोमबार हेलिकप्टरबाट कोहलपुर ल्याएर उनलाई भर्ना गरिएको थियो।
उनको स्वाब पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पताल पुरै शिल गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डाक्टर देवेन्द्र आचार्यले जानकारी दिए।
उनका अनुसार इमेरजेन्सी र ओपिडी सेवा बन्द र अस्पताल पुरै शिल गरिएको छ ।
कोरोना संक्रमित उक्त्त महिलाको उपचारका क्रममा सोमबार बेलुकी निधन भएको थियो । मृतकको शव शिक्षण अस्पतालमै राखिएको र उनको पनि स्वाब परिक्षण गर्नुपर्ने अवस्था आएको डा. आचार्यले बताए। कोरोना संक्रमित गर्भवतीको मंगलबार आन्द्राको अप्रेशन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।








