कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।

वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

सम्बन्धित शिर्षकहरु