काठमाडौं । बैतडीमा क्वारेनटाइनमा राखिएकी २२ वर्षीया युवतीको मृत्यु भएको छ ।
जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा सोमबार साँझ ती युवतीको मृत्यु भएको हो ।
उनी केहि दिन अघि भारतबाट घर फर्किएकी र उनलाई पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।
उनको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी घटनास्थल गएका छन । उनको पीसीआर रिपोर्ट आएपछि मात्र दाहसंकार गरिने जनाइएको छ ।








