‘कोरोना भाइरस सकिएको छैन, नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था छ’

काठमाडौं । विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नोभेल ‘कोरोना भाइरस समाप्त भइ नसकेको’ उल्लेख गर्दै नयाँ प्रकोपका लागि तयार हुनुपर्ने जनाएको छ ।

डब्ल्यूएचओका विश्वप्रतिनिधि डा. डेभिड नाबारले भने, “नोभेल कोरोना भाइरसका लागि जारी गरिएका लकडाउन मापदण्डहरु खुला गरिएसँगै मानिसहरुको आवतजावत र सामाजिक दूरीको नियम उल्लंघन भइरहेको छ । त्यसकारण हामी नयाँ प्रकोपका लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको छ ।”

उनले लकडाउन खुकुलो भए पनि मानिसहरुले भौतिक दूरी कायम गर्ने बानी पार्नुपर्ने र सजगता अपनाउन आवश्यक रहेको बताए । त्यसैगरी कोही बिरामी मानिसहरु भएमा आफैंलाई आइसोलेट गर्नुपर्ने उनले बताए । – बीबीसी

सम्बन्धित शिर्षकहरु