नेपाल भारतबीचको फाइनल खेल अाज हुँदै, कसले मार्ला बाजी ??

भदौं ११, काठमाडौं । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भर्इरहेको १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगितामा बंगलादेशलाई हराँउदै नेपाल  फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा ४–२ को अग्रता लिँदै नेपालले बंगलादेशमाथि विजयी प्राप्त गरेको हो ।

खेलको पहिलो हाफमा नै नेपालले दुई गोल गरेको थियो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरेका थिए भने ६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गरेको थियो ।

 ७२ र ७३ औं मिनेटमा बंगदादेशले गोल गरेपनि नेपालले अर्को एक गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ । त्यसैगरी हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको अर्को सेमिफाइनलमा भारत भुटानलाई तीन शून्य गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल र भारत बीच फाईनल खेल आज ३ बजे सातदोबाटो स्थित घरेलु मैदानमा हुन गर्इरहेको छ । खेलको प्रतक्ष्य प्रशारण एपी वान च्यानलले गर्ने भएको छ ।

सम्बन्धित शिर्षकहरु