काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलासँग रहेका सबैको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना परीक्षण नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
ु नवजात शिशुमा भने जन्डिसको समस्या देखिए पनि अन्य सबैको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ । उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन्।
सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोरोनाको कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनिसँग सम्पर्कमा रहेका अन्याको पनि खोजिकार्य गरि परीक्षण सुरु गरिएको छ ।








