अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९४१ पुग्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कसैको ज्यान नगए पनि थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९४१ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार १६३ जना उपचारपछि निको भएका छन् । ६८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु