अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय नजिक, कस्तो छ पछिल्लो अवस्था ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ हजार ९२९ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार १३५ जना उपचारपछि निको भएका छन् । ६९७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु