अष्ट्रेलियामा एकैदिन २१ जनामा कोरोनाको संक्रमण

अष्ट्रेलिया । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा हालसम्म ९७ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा एकैदिन २१ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ८९६ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार ८१७ जना उपचारपछि निको भएका छन् ।

२३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु