अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ९६ जनाको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा ९६ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा गएको २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९६ पुगेको हो ।

अष्ट्रेलियामा एकैदिन थप २४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ८४९ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ५ हजार ८८९ जना उपचारपछि निको भएका छन् । कोरोना संक्रमित ८६४ जनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये २७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपालीहरु रहेको हुँदा दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु