अस्ट्रेलियामा रहेका युवाहरुले जाजरकोटमा राहत वितरण गर्ने

तक्दीर अधिकारी-असनेपाल न्युज । सिड्नी । अस्ट्रेलियामा रहेका युवाहरुले जाजरकोटमा राहत वितरण गर्ने भएका छन् । कोरोना संक्रमणले देश लकडाउन रहेकाले जाजरकोटको विकट गाउँपालिका बारेकोटका समस्यामा रहेका प्रत्येक वडाका २५ घरधुरीमा राहत वितरण गरिने अभियान्त विजय सापकोटाले जानकारी दिए ।

अभियान्ता सापकोटाका अनुसार अस्ट्रेलियामा सहयोग संकलन गरेर जाजरकोटको बारेकोट गाउँपालिकाको ९ वटै वडामा २५ घरधुरीमा राहत वितरण गरिनेछ । प्रत्येक वडाका २५ घरधुरीलाई पुग्ने सहयोग मात्र अस्ट्रेलियामा संकलन गरिदैछ ।

लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई राहत वितरण गरिने छ । जेठ १ गते वितरण गरिने उक्त राहतमा ३० केजी चामल, एक पोका नून र तेल तथा ५ केजी दाल रहनेछ ।

जाजरकोटको सदरमुकाम खलंगाबाट टाढा रहेको बारेकोट गाउँपालिकामा ढुवानी खर्चले गर्दा खाद्यन्न महँगो पर्छ । कर्णाली प्रदेशका बासिन्दा अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी गणेश ठकुरीका अनुसार त्यहाँका स्थानीयवासिन्दाको मुख्य आयश्रोत भनेकै भारतमा गएर मजदुरी गर्ने गर्ने हो । कोरोना संक्रमणले उनीहरु यतिबेला घर फर्किएका छन् । त्यहाँको एकै परिवारमा धेरै सदस्य हुने भएकाले पनि जिविकोपार्जनमा समस्या भएकाले उक्त गाउँपालिकामा राहत पुयाउने तयारी गरिएको हो ।

रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर हामीले फुडबैंक स्थापना गर्न खोजिरहेका छौं, अभियान्त सापकोटाले भने, ‘२ सय २५ परिवारलाई वितरण गर्ने लगभग ५ हजार ६ सय डलर उठेपछि सहयोग सकलन बन्द गरिनेछ । त्यसपछि दोस्रो चरणको कार्यक्रम अघि बढाइने छ । ’

‘यो फेसबुक फन्ड राइजर हो, संकलन भएको रकम हामी नेपाल पठाउँछौं । राहत वितरण हुने स्थानमा हामीले सबै वडाको प्रतिनिधि हुने गरी पाँचजनाको उपसमिति गठन भएको छ, यहाँ संकलन भएको रकम त्यो कमिटीले वितरण गर्नेछ’ अभियान्ता सापकोटाले बताए ।

अस्ट्रेलियामा रहेका युवाहरुले उक्त सहयोग संकलन गरेका हुन् । सहयोग गर्न इच्छा भएका व्यक्तिले कर्णाली प्रदेश युवा कमिटीका सदस्य गणेश सिंहलाई सम्पर्क गर्न सकिने छ । जाजरकोटमा राहत वितरणका लागि डम्बरबहादुर र पे्रमबहादुरलाई संयोजक तोकिएका छन् । विद्यार्थी अभियान्त सापकोटाले दिएको जानकारी अनुसार प्रत्येक वर्डामा एकजना संयोजकको सिफारिसमा स्थानीय निकायसँग समन्वय गरेर राहत वितरण गरिनेछ ।यस वारेको थपजानकारी यस्तो छ । 

सम्बन्धित शिर्षकहरु