काठमाडौं । सरकारले सोमबारदेखि लागू हुने गरी लामो दुरीको यात्रुवाहक सवारी चल्न दिएको छैन । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि यातायात सञ्चालनमा रोक लगाएपछि सडक सुनसान देखिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा उपत्यकाकभित्र भने सार्वजनिक बस सञ्चालन हुनेछन्।
निर्णय गरेको थियो। शुक्रबारको निर्णय अनुसार आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको हो। आइतबारको निर्णय अनुसार आजदेखि भारतसँगका सीमा नाका पनि बन्द हुँदैछन्।
कुन कुन सवारी साधान चल्छ
छोटो दुरीको सार्वजनिक यात्रुबस
मध्यम दुरीको सार्वजनिक यात्रुबस
निजी सवारी साधन
मालबाहक सवारीसाधन
खानेपानी ढुवानी
दैनिक उपभोग्य सामाग्री बोक्ने सवारी साधान
फोहोर बोक्ने सवारी
पेट्रोलियम पद्धार्थ ढुवानीको सवारी
कुन कुन सवारी साधन चल्दैन
लामो दुरीका यात्रुवाहक बस
अत्यावश्यक सवारी साधान र मालवाहक सवारी भने सुचारु छन् । छोटो र मध्यम दुरीको यात्रुवाहक सवारी साधन भने चलिरहेका छन् । तर, त्यस्ता सवारी पनि कमै चलेका छन् ।








