अष्ट्रेलियन नागरिकलाई विदेश जान रोक, एक सयभन्दा धेरै जम्मा नहुन आह्वान

अष्ट्रेलिया । अष्ट्रेलियाको संघीय सरकारले आफ्ना नागरिकलाई विदेश जान रोक लगाएको छ भने एक सयभन्दा धेरै जना जम्मा नहुन आह्वानसमेत गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राष्ट्रका नाममा बुधबार सम्बोधन गर्दै भने, ‘विदेश यात्रा गर्दै नगर्नुस्। स्कुल विदामा धेरैले विदेश घुम्ने योजना बनाउनुभएको हुनसक्छ। त्यसलाई रद्द गर्नुस्।’

उनले कोरोना भाइरसले विश्वमै त्रास फैलाइरहेका बेला आफ्ना नागरिकलाई त्यसबाट सचेत हुन आग्रह गरेका हुन्। उनले एक सयभन्दा बढी जम्मा नहुन आह्वानसमेत गरेका छन्।

उनले इतिहास पहिलोपटक देशका लागि यस्तो अवस्था सिर्जना भएको बताए। उनले स्कुल, सार्वजनिक यातायात र अति आवश्यक कुराहरुमा सावधानी अपनाउन निर्देशनसमेत दिएका छन्।

सम्बन्धित शिर्षकहरु