‘म्यान अफ द वर्ल्ड नेपाल’को उपाधि राजेन्द्र रावललाई

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘म्यान अफ दि वर्ल्ड नेपाल २०२०’ को उपाधि राजेन्द्र रावलले जितेका छन्।

प्रतियोगितामा रजित प्रधानले फस्ट रनअरअप र आयुष शाहीले सेकेन्ड रनअरअपको उपाधि हात पारेका छन्।

युएनएई र गुड्स अफ ह्याबनको आयोजनमा सम्पन्न प्रतियोगितामा विजेता रावलले फिलिपिन्समा हुने ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेका छन् भने सँगै अन्य पुरस्कार हात पारेका छन्।

रावलले अब फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगितामा विश्वका प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछन्।

यसअघि नेपालमा गत मङ्सिर २९ गते सोल्टी होटलमा सम्पन्न कार्यक्रमबाट अस्ट्रेलियामा बस्ने नेपालीहरूसँग प्रतिस्पर्धाका लागि उत्कृष्ट तीन जना छनोट भएका थिए।

सम्बन्धित शिर्षकहरु