प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साँझ डिस्चार्ज भएका छन्।

मिर्गौला प्रत्यारोपणको १० औं दिनमा अस्पतालबाट बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि डिस्चार्ज भइसकेकी छन्।

सम्बन्धित शिर्षकहरु