सिड्नीमा होली म्युजिकल कन्सर्ट हुँदै, संकलन ५० प्रतिशत रकम अग्नि पीडितलाई

सिड्नी । अस्ट्रेलियामा भएका नेपालीहरुले रंगहरुको पर्व होली मनाउने भब्य तयारी सुरु गरेका छन् ।

आगामी मार्च ६ मा मराना अडिटोरियम हर्सभिलमा हुने उक्त कार्यक्रम एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले आयोजना गरेको हो ।

उक्त कार्यक्रमका लागि रियालिटी सो लोक स्टारको उत्कृष्ट पाँचमा पर्न सफल लोकगायक रविराज शाह, पप गायिका प्रश्ना शाक्य र भोजपुरी गायक सुनिल पण्डित नेपालबाट आउने निश्चित भएको संस्थाका अध्यक्ष प्रविण चौरासियाले जानकारी दिए ।

अध्यक्ष चौरासियाका अनुसार अस्ट्रेलियामा होली विशेष म्युजिकल कन्सर्टहरु सन् २००८ देखि आयोजना गर्न थालिएको हो । उनका अनुसार गतवर्ष संकलन भएको आर्थिक रकम नेपालका केही स्कुलमा खर्च गरिएको थियो ।

यसवर्ष पनि संकलन भएको ५० प्रतिशत रकम गत महिना न्यू साउथ वेल्स राज्यमा भएको आगलागी नियन्त्रणमा संलग्न फायर फाइटर र अग्नि पीडितलाई उपलब्ध गराउने योजना रहेको अध्यक्ष चौरसियाले बताए ।

सम्बन्धित शिर्षकहरु