चीन जाने नेपालीको भिसा शुल्क दुई गुना वृद्धि, नि:शुल्क भिसामा नेपाल अर्बौं गुमाउँदै

काठमाडौं । चीन सरकारले नेपाली नागरिकले तिर्नुपर्ने भिसा  शुल्क वृद्धि गरेको छ।  काठमाडौंस्थित चिनियाँ दूतावसाले भिसा सेवा आवेदेन केन्द्र स्थापना गरेसँगै शुल्क लगभग दुई गुनाले बढाएको छ ।

यसअघिको भिसा र सेवा शुल्क परिमार्जन गर्दै चीनले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । शुल्क वृद्धि पश्चात अब नेपालीले चीनको भिसाका लागि ६ हजार २ सय रूपैयाँ तिर्नुपर्ने भएको छ ।

यसअघि भिसा शुल्क २ हजार २ सय रूपैयाँ रहेको थियो । तीन दिन भित्र भिसा पाउन नेपालीले ४ हजार ९ सय रुपैयाँ तिर्दै आएका थिए। सो रकम वृद्धि भएर १० हजार ७ सय ५० पुगेको छ। यो रकम छोटो अवधिको भिसा शुल्क हो।

यस्तै, चीन सरकारले नेपालसँगै अन्य देशको भिसा शुल्क समेत बढाएको छ । चीनले क्यानडा, रोमनिया, इजरायल, ब्राजिल, अर्जेन्टिनालगायत देशका भिसा शुल्क बढाएको हो ।

त्यसैगरी, सञ्चालन खर्च, कर्मचारी, उपकरण नेपालको कानून अनुसारको कर लगायत कारणले भिसा शुल्क वृद्धि गरिएको भिसा सेन्टरका निर्देशक झाङ्ग चियोङ्गले जानकारी दिएका छन् ।

नेपाल प्रवेश गर्न चिनियाँ नागरिकले नेपालको भिसा लिनु पर्दैन। ४ वर्ष अघि उत्तरी छिमेकी देशका नागरिकलाई नेपालले भिसा निःशुल्क गरेको हो।

पर्यटकको रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकले भिसाका लागि १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर, ९० दिनका लागि १०० डलर १५० दिनका लागि २२० डलर तिर्नुपर्छ।

तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले २०७२ सालमा चीन भ्रमणका क्रममा नेपाल आउने चिनियाँ नागरिकलाई भिसा निःशुल्क प्रवधानमा हस्ताक्षर गरेका थिए।

सम्बन्धित शिर्षकहरु