काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन मनाउँदै छन् । जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्।
ओली जन्मथलो आउने भएपछि तेह्रथुमको आठराइ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।
साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए। जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ( जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।








