पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध बुधवार सर्वोच्व अदालतमा रिट दायर भएको हो।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा अख्तियारले विशेष अदालतमा दुई जनाविरुद्ध मुद्दा दायर नगरेको भन्दै रिट दिएका हुन्।

अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईविरुद्ध भने मुद्दा नचलाउने तय गरेको थियो। अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो।

सम्बन्धित शिर्षकहरु