पूर्वसचिव कार्कीकी श्रीमतीको कामदारले नै हत्या गरेको सीसीटिभिमा देखियो

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको उनकै घरमा काम गर्ने कामदार विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले पिर्काले हानेर कार्कीकी श्रीमती मुना कार्कीलाई पिर्काले हानेर हत्या गरेको पाइएको हो। सोमबार घरमा कोही पनि नभएको अवस्थामा कामदार चौधरीले मुना कार्कीमाथि आक्रमण गरेका थिए।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको प्रहरीले बताएको छ ।

पूर्वसचिव कार्कीको घरमा कामदार चौधरी नाइलनको डोरीको पासो लगाएर आत्महत्या गरेका थिए। श्रीमती मुना कार्की अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन्। हाल मुनाको मृत्यु समेत भइसकेको छ। उनीहरूबीच मनमुटाव भए नभएकोबारे भने प्रहरीले खुलाएको छैन।

दाङ घर भएका चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

पूर्वसचिव कार्की पूजा गर्न पशुपति मन्दिर गएको र घरमा रहेकी अर्की कामदारसमेत कार्कीका छोरालाई विद्यालय पुर्‍याउन गएका बेला हत्या भएको प्रहरीको भनाइ रहेको छ।

सम्बन्धित शिर्षकहरु