असार २ । संयुक्त राष्ट्रसंघ, सोमालियाको राजधानी मोगादिसुमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लले कडा शब्दमा निन्दा गरेको छ । सर्वसाधारणा विरुद्ध भएको यस आतङ्ककारी आक्रमणमा परी दर्जनाैँ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँको सङ्ख्यामा घाइते भएका थिए ।
सुरक्षा परिषद्द्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका साथै नागरिक अधिकारमा गम्भीर चेतावनी भएको बताइएको छ । सोमालियामा शान्ति र स्थायित्व कायम गर्ने प्रतिवद्धता सुरक्षा परिषद्का सदस्यले बारम्बार दोहो¥याएका छन् । दक्षिणी मोगादसुमा बुधबार राति बन्दुकधारीले गरेको आक्रमणमा १८ जना निर्दोष सर्वसाधारण मारिनुको साथै अन्य १० भन्दा बढी घाइते भएका छन् ।
स्थानीय समयाअनुसार बुधबार साँझ ८ बजेबाट रेष्टुरेन्ट, क्लबमा कारबम आक्रमण भएको र त्यसपछि नजिकै रहेको पिजा हाउस रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेका थिए । रमाजानको ब्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदाय माथि आक्रमण भएको बताइएको छ । रासस/एएफपी








