विनाशकारी डढेलो: न्यू साउथ वेल्समा संकटकाल,हालसम्म ४८ करोड जनावर मरे

अस्ट्रेलिया । डढेलोका कारण अति प्रभावित भएको अस्ट्रेलियाको न्यू साउथ वेल्समा आपतकालीन अवस्था घोषणा भएको छ । राज्यका प्रमुखले एक हप्ताका लागि आपतकालीन अवस्था घोषणा गरेका हुन् । त्यस्तै गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त भएको थियो ।

हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।

ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा उल्लेख छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन् । प्राध्यापक डिकम्यानले केही चिज सम्भवतः सधैँका लागि लुप्त भएको प्रतिक्रिया दिएका छन् ।

उनका अनुसार यस क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए । गत नोभेम्बरमा झाडीबाट सुरु भएको आगलागीले विनाशकारी डढेलोको रुप लिएको थियो ।

तापक्रम थप उच्च हुने तथा तीव्र गतिमा हावा चल्ने पूर्वानुमान गरिएको छ । तापक्रम बढ्दा र तीव्र गतिमा हावा चल्दा डढेलो फैलिने जोखिम थप उच्च हुन्छ । विशेष गरी अस्ट्रेलियाका पूर्वी राज्यमा डढेलोको जोखिम बढी देखिएको छ ।

अस्ट्रेलियामा सेप्टेम्बर यता डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । यस्तै न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा १२ सय भन्दा बढी घर ध्वस्त भएका छन् ।

यो हप्ता फैलिएको डढेलोका कारण कम्तिमा १७ जना बेपत्ता भएका छन् । जोखिमयुक्त क्षेत्रबाट हजारौँ मानिस बिस्थापित भएका छन् ।

सम्बन्धित शिर्षकहरु