विदेशी नागरिककाबीच टोपी दिवस , टोपी लगाएर नेपाल घुम्ने घोषणा

  • संजीव अर्याल

असनेपालन्युज ,सिड्नी । विदेशका नागरिक बीच पनि नेपाली टोपीदिवस सम्पन्न भएको छ ।  अस्ट्रेलियाको सिड्नीमा अजमाईएको बहुराष्ट्रिय नागरिकको भेलामा नेपाली टोपिले सजिएर विदेशि नागरिक हरुले नेपालको प्रचार गरे ।

विश्वका विभिन्न भागमा पुगेर नेपाली संस्कार , योग र सकारात्मक सोच फैलाउंदै हिंड्नु हुने नेपाली उत्प्रेरक आचार्य राजन शर्मा (भीमसेन सापकोटाले )ले सो कार्यक्रमलाई प्रवर्द्दन गर्नु भएको हो ।

उहांले अमेरिका , वेलायत , युरोप अस्ट्रेलिया लगायतका मुलुकका नागरिक विच नेपालको प्रचार , संस्कार प्रवर्द्दन गर्दै टोपी र नेपाल भ्रमणको महत्व बुझाउंदै अङ्रेजी नयाँं वर्षको दिन यस्तो कार्यक्रमको आयोजना गर्नु भएको हो ।

विभिन्न देशका आफ्ना शुभेच्छुक तथा विध्यार्थीविच यस्तो कार्यक्रम आयोजना गर्दा नेपाल जाने पर्यटक लाई समेत प्रोत्सहान गर्ने छ ” आचार्य राजन शर्माले असनेपालन्युजलाई भन्नु भयो ” सबै कुरा नक्कल गर्दैमा मात्र आधुनिक बनिन्छ भन्ने होइन बरु हाम्रा अमुल्य संस्कार , पहिचान , योग , प्राकृतिक चिकित्सा , आयुर्वेदले विश्वलाई नै कल्याण गर्ने भएकाले आफुले विदेशिहरुमाज प्रवर्द्दन गर्दै आएको बताउंनु भयो ।

देशको स्वयंसेवक राजदुतको रुपमा उहांले हालसम्म विश्वलाई ३ पटक परिक्रमा गरि १४५ भन्दा बढी स्थानमा विभिन्न उत्प्रेरणात्मक शिविर , योग प्रशिक्षण अभियान जस्ता मानव जागरण र पूर्वीय दर्शनको प्रचार गर्दै आउनुं भएको छ भने अमेरिकामा उडिरहेको बिमानमा योग शिविर सन्चाल गरि नेपालीको विश्व किर्तीमान समेत राख्न सफल हुनु भएको छ ।

टोपीलगाएर रमेका विदेशिहरु मध्ये ११ जनाले सोहि कार्यक्रम आफुहरु नेपाल भ्रमणमा जाने घोषणा गरेका थिए । सिडिनीको , उत्तर पश्चिम , केन्थर्स्टमा सो कार्यक्रम आयोजना गर्नु भएको हो ।

जर्मनीबाट आएकि एलिजाले असनेपालन्युजलाई भनिन्, आफुले नेपालको बारेमा थोरै सुने पनि यो टोपि दिवसले धेरै सिकायो , योग शुरुवात भएको देश , बुद्दको देश, आयुर्वेदको देश र हिमालको देश हो भन्ने थाहा पाए पछि यसै वर्ष नेपाल जाने योजना बनाएको छु।

 

सम्बन्धित शिर्षकहरु