वि.सं.२०७६ साल पौष १६ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि षष्ठी,२५ घडी ०७ पला,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाभाद्रपदा,५१ घडी २६ पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग व्यातिपात,३६ घडी ५० पला,बेलुकी ०९ बजेर ४० मिनेट उप्रान्त वरियान । करण तैतिल,बेलुकी ०४ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा पद्य योग । चन्द्रराशि कुम्भ,बेलुकी ०८ बजेर ५१ मिनेट मिन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला । पञ्चक। सन् २०२० प्रारम्भ । राष्ट्रिय टोपी दिवस । राष्ट्रिय मेलमिलाप दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भनेजस्तो जीवन व्यातित गर्न सकिनेछ । सत्रु परास्त हुँनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा दुई कदम अगाडि बडि अरुलाई किनारा लगाउँन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ । राजनिति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक तथा लामो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ ।
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले हरेक काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पति लाभहुँने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा जनताको भने जस्तो समर्थन पाईने तथा मानसम्मान,ईज्ज्त प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थिहरुले पढाईमा राम्रो प्रगति गरि नतिजा आफ्नो हातमा पार्न सक्नेछन् । घर जग्गा तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।
मीन (दी, दू ,थ, झ, ञ, दे, दो, चा, ची) खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुँनेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेको छ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
तपाईको दिन शुभ रहोस् ।








