काठमाडौं । नारायणगढ-मुग्लिन सडकमा पहिरो रोकथामका लागि समय अवधि थप गरिएको छ। यसअघि मंसिर २७ गतेबाट दुईहप्ताका लागि पहिरो नियन्त्रणको समय तोकिएको थियो।
तोकिएको समयमा काम नसकिएकाले आगामी पुस २२ गतेसम्म समयअवधि थप गरिएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार स्लोप ट्रिम्मिङको काम बाँकी रहेकोछ।
आयोजनाका अनुसार विहान आगामी २२ गतेसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधान सञ्चालनमा रोक लगाएएको छ।
मुग्लिनतर्फ र नारायणगढतर्फका सवारी साधानले यसअघि तोकिएको स्थानमा सवारी साधान रोक्नुपर्नेछ। सडक निर्माण सम्पन्न भएको लामो समय वितिसक्दा पनि सडकको माथिबाट ढुंगा झर्ने, पहिरो बग्ने समस्या नियन्त्रणको काम भइरहेको हो छ।







