नेपाल प्रहरीका डीएसपी कुमुध ढुंगेलबिरुद्ध पक्राउ पूर्जी

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीका डीएसपी कुमुध ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । रानीबारी डकैतीका अभियुक्त विकास श्रेष्ठसँगको संलग्नतालाई लिएर जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

रानीबारी डकैत काण्डका मुख्य अभियुक्ति विकास श्रेष्ठसँग निरन्तर फोन सम्वाद भएको तथ्य खुलेपछि २० बैशाखमा प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको थियो । निलम्बनमै रहेका ढुंगेललाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

अदालतले जारी गरेको पक्राउ पूर्जी प्रहरी प्रधान कार्यालयमा पुगिसकेको छ । तरपनि ढुंगेल पक्राउ परेका छैनन् । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेमा पक्राउ पूर्जी पठाएको स्रोतले बताएको छ ।

। नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले मुख्य अभियुक्तसँग साँठगाँठ रहेको तथ्य पत्ता लगाएको थियो । २६ चैतमा रानीबारीमा डकैती गरिएको थियो । डकैतमा संलग्न विकास श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु