क्यानको अध्यक्षमा नवराज कुँवर विजयी

काठमाडौं । सूचना प्रविधि व्यवसायी तथा उद्यमीहरुको संगठन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् ।

शनिबार सम्पन्न मत गणनामा प्रतिस्पर्धी सुनैना पाण्डे‍लाई पछाडि पार्दै कुँवर विजयी भएका हुन् । सदस्यहरुमा संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा पाण्डे नेतृत्वको प्यानललले जित हात पारेको छ ।

संस्थागततर्फ पाण्डेका प्यानलका अरुण बंशल, उमेश रघुवंशी, रञ्जित पौद्धार र बुद्धरत्न मानन्धर विजयी भएका छन् भने यसै समूहमा महिलातर्फका सदस्य पदमा रेभा राजभण्डारी, सरिता सिंह कायस्थ र सर्मिला भुजेल यसअघिनै निर्विरोध भइसकेका छन् ।

त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ समेत पाण्डे समुहकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भएका छन् । संस्थागत आजीवन सदस्य समूहमा भने नवराज कुँवर नेतृत्वको प्यानलले जित हात पारेको छ ।

प्रदेश समूहतर्फ गण्डकीमा सुनैना प्यानलका जगन बहादुर गुरुङ र कृष्णप्रसाद पौडेल विजयी भएका छन् भने प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल र भानु शर्मा निर्वाचित भएका छन् । बाँकी अन्य प्रदेशहरुमा यस अघि नै कुँवर प्यानलका उम्मेदवार निर्विरोध भइसकेका छन् ।

जसअनुसार प्रदेश १ मा ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली, प्रदेश २ मा भुपालदास श्रेष्ठ र दीपेन्द्रकुमार सिँह, प्रदेश ५ मा ध्रुबराज शर्मा र रेशम गिरी, कर्णाली प्रदेशमा दलबहादुर खड्का र भिम मल्ल तथा सुदूरपश्चिम प्रदेशमा हर्कबहादुर सेठ्ठी र खेमराज ढुङ्गाना पनि निर्विरोध भइसकेका छन् । व्यक्तिगत साधारण तर्फका सदस्यमा भने मिश्रित परिणाम आएको छ ।

सम्बन्धित शिर्षकहरु