दरबारमार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा भिषण आगलागी भएको छ । आइतबार राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागी करीव ३ घण्टापछि नियन्त्रणमा आएको छ । क्लवमा विद्युत् सर्ट भएर आगो लागेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो । जेनेरेटसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो । आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ । आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् ।

सम्बन्धित शिर्षकहरु