काठमाडौं । दिनभर देशैभर मौसम बदली भई वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन उनीहरूले सुझाव दिएका छन्। शनिबारदेखि हिजोअस्तिभन्दा धेरै पानी पर्ने मौसमविदले बताएका छन् । मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भने छैन ।
पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उहाँले बताउनुभयो । यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उहाँले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद् कँडेलको अनुरोध छ । साथै दशैँमा घर जानेहरुले पनि पहिरो जान सक्ने राजमार्गका सम्भावित ठाउँहरुमा सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।
असोज १० गते (शुक्रबार)
राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका पूर्व देखि पश्चिम सम्मकै केहि-केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज ११ गते (शनिबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका पूर्व देखि पश्चिम सम्मकै केहि-केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका पूर्व देखि पश्चिम सम्मकै अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पूर्व देखि पश्चिम सम्मकै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १२ गते (आईतबार)
दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पुर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।








