काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ नेपालगञ्ज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुपण्डोलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । उनको पत्रकार सम्मेलनमा पत्रकार भन्दाबढी विद्यार्थीहरु प्रवेश गरेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो । नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले झपारेका थिए । तर, मन्त्री भट्टराईले आफ्नो कारणले १५ मिनेट मात्रै प्लेन डिले भएको भन्दै माफी मागे पनि मन्त्रीले ढाँटेको भन्दै शाहीले बताउँदै आएका थिए ।








