काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । मंगलबार मध्याह्नदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई/दुई भाउ घटाइएको छ । मंगलबार मात्रै भारतको मोतिहारीबाट नेपालको अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ । प्रतिलिटर डिजेल÷मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल÷ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो । मुलुकले समृद्धि र आर्थिक विकासको लक्ष्य लिइरहेको बेला यस राष्ट्रिय आयोजनाले प्रत्यक्ष योगदान दिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोट थिचेर इन्धन ‘सेन्डिङ’ र प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘रिसिभिङ’ गरेपछि परियोजनाको शुभारम्भ भएको थियो ।
सम्बन्धित शिर्षकहरु
हिड्न शुरु गरे पछि, बाटो आँफैं बन्दै जाने रहेछ !
हिड्न शुरु गरे पछि, बाटो आँफैं बन्दै जाने रहेछ !! ~५० हजार भन्दा बढि सबस्क्राइबर ~४२७ जना आत्महत्या बाट […]
नेपालमै एक मिनेट फोन गरेको शुल्क तीन सय !
म्याग्दी । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला ? दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न […]
निर्वाचनको वातावरण बन्दै गएको छ :मन्त्री शर्मा
असार ७ । चितवन,गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सरकारले राज्यमा भएको स्रोत र शक्ति […]
डिपेन्डेन्ट भिसामा कसरी जाने अष्ट्रेलिया ? यसरी हुन्छ डिपेन्डेन्ट भिसा प्रक्रिया
अष्ट्रेलिया । कंगारुको देश अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको रोजाईमा रहेको छ । त्यसमध्ये व्यावसायिक विषयको […]
बन्द भएको करीब दुई महिनापछि काठमाडौं–भोजपुर उडान शुरु, यस्तो छ उडान तालिका
भोजपुर । बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ । यसअघि भोजपुरबाट […]
भारतीय राजदूत रणजित राय म्याग्दीको घारस्थित पर्यटकीयस्थल पुनहिलमा शनिबार दृश्यावलोकन गर्दै […]


