काठमाडौं । करोडौं लुटपाटको घटनामा नेपालीहरुको पनि संलग्नता भएको खुल्न आएको छ । शनिबार राति काठमाडौंका नबिल, हिमालयन र प्रभु बैंकको एटीएम ह्याक प्रकरणमा संलग्न थप चारजनालाई प्रहरीले आज पक्राउ गरेको छ । यसअघि पनि प्रहरीले पाँच जना चिनियाँलाई पक्राउ गरेको थियो ।
शनिबार राति हात्तिसारस्थित होटल माया मनोहर बुटिकबाट फरार भएका चार जनालाई प्रहरीले आइतबार त्रिभुवन विमास्थलबाट पक्राउ गरेको महानरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमध्ये तीनजना चिनियाँ र एकजना चिनियाँ मुलका फ्रेन्च नागरिक रहेका छन् ।
उनीहरुले ठमेलस्थित डेक्सो मनी एक्सजेन्जमा गई गैरकानुनी रुपमा २९ लाख ९९ हजार नेपाली रुपैयाँलाई २५ हजार ८६२ अमेरिकी डलर साटेर फरार भएको पाइएपछि प्रहरीले अनुसन्धान थप नया मोडमा पुगेको छ । गैरकानुनी रुपमा मुद्रा सटही गरेको आरोपमा डेक्सो मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
आइतबार राति नै दरबामार्गस्थि नबिल बैंकको एटिएमबाट एकजना र थप चारजना चिनियाँ नागरिकलाई कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा भाग्दै गर्दा पक्राउ गरेको थियो ।








