काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ। अधिकारीको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा आइतबार राती ८ बजेर ०२ मिनेटमा निधन भएको परिवारले जनाएको छ ।
स्वर्गीय नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने छ। पुस २७ गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी ल्याइएको थियो।
उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात समेत भएको थियो। विक्रम सम्बत २००८ सालमा गोरखामा जन्मिएका अधिकारीका श्रीमती, दुईछोरा र तीन छोरी रहेका छन्।








