मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न ९९ स्वास्थ्य संस्था छानिए,कुन-कुन परे छनौटमा ? (सूचीसहित)

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ वटा स्वास्थ्य संस्थालाई छनौट गरेको छ । मलेसिया रोजगारीका लागि इच्छुक दुई सय ९० स्वास्थ्य संस्थाको अनुगमनमा ९९ योग्य देखिएका हुन्।

यसअघि ३७ संस्थाले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए। एउटा भने यो अनुगमनमा अयोग्य देखिएको छ। मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि आवेदन दिएका २९० वटा स्वास्थ्य संस्थामध्ये ९९ वटा छनौटमा परेका हुन् ।

मन्त्रालयले शुक्रबार एक सूचना जारि गर्दै छनौटमा परेका ९९ वटा स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि विशेष प्राविधिक टोलीलाई स्थलगत अनुगमनमा खटाई त्यही टोलीले दिएको प्रतिवेदनको आधारमा स्वास्थ्य संस्था छनौट गरेको बताएको छ । मन्त्रालयले स्वास्थ्य संस्था छनौटका लागि गत चैत्र १८ मा सार्वजनिक सूचना निकाली आवेदन माग गरेको थियो । मन्त्रालयले मागेको आवेदनमा २९० वटा स्वास्थ्य संस्थाले सहभागिता जनाएका थिए ।

सम्बन्धित शिर्षकहरु