काठमाडौं । आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा आएको विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए।
४० वर्षपछि पहिलो पछक धावनमार्ग मर्मत गर्नका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिएको थियो। चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको महानिर्देशक क्षत्रीको भनाइ छ। अब विमानस्थल बिहान ६ बजेदेखि अर्को बिहान ३ बजेसम्म दैनिक सञ्चालनमा आउने छ।








