काठमाडौं । सरकारले समयमै डीपीआर स्वीकृत नगरेपछि काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ। द्रुत मार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले भने डीपीआर स्वीकृतिमा ढिलाई भए आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जनाएको खबर आजको कारोबार दैनिकले छापेको छ।
सरकारले बिनाकारण डीपीआर रोकेपछि समयमै निर्माण सम्पन्न हुनेमा आशंका बढेको हो। संसदीय समितिले भने द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देश्न दिएको छ।








