मौसममा बदली : वर्षाको सम्भावना कहाँ–कहाँ ? कस्तो रहन्छ आगामी तीनदिन

काठमाडौं । आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।

मध्य तथा पश्चिमका केही स्थानमा बिहानीपख मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । पूर्वका धेरैजसो स्थानहरूमा मेघगर्जनसहित मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

राति देशभर आंशिक बदली रही मध्य तथा पूर्वका धेरैजसो स्थानमा साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । रोपाइँको चटारोमा रहेका सर्वसाधारण र गर्मीले हैरान भएका व्यक्तिहरू राहत पुग्ने अपेक्षा गरिएको छ ।
कस्तो रहन्छ आगामी तीनदिन
असार ७ गते (शनिबार)
दिउँसो: देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार ८ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

 

 

असार ९ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका तराईका भू-भागहरूमा र पश्चिमि नेपालमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। दिउँसोपख मध्य भू-भागका केहि क्षेत्र बाहेक देशका अन्य भू-भागहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशका पूर्वि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदलि रहि देशका पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पू्र्व केहि स्थानहरुमा र पश्चिमका एक-दुई स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित शिर्षकहरु